Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

वर्षाले डढेलो नियन्त्रण गर्न सहयोग

वर्षाले डढेलो नियन्त्रण गर्न सहयोग

  • 532
    SHARES
  • वर्षाले डढेलो नियन्त्रण गर्न सहयोग

    महोत्तरी । महोत्तरीका वन क्षेत्रमा लागेको डढेलो निभाउन चैतको वर्षाले सहयोग गरेको छ । शनिबार र आइतबार राति भएको वर्षाले यहाँको वन क्षेत्रमा लागेको डढेलो नियन्त्रण गर्न सहयोग गरेको हो ।

    वर्षाका कारण डढेलो निभाउन मद्दत पुगको डिभिजन वन कार्यालयका प्रमुख बिनोदकुमार सिंहले बताए । जिल्लाको ३०० हेक्टरभन्दा बढी वन क्षेत्रफलमा डढेलो लागेको थियो ।

    ‘डढेलो नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो’, उनले भने । वन्यजन्तुको चोरी शिकार, रुख कटान र जताततै डढेलो बढेपछि कार्यालयले विभिन्न टोली खटाएको थियो ।

    पछिल्लो वर्षाले नयाँ बिरूवा हुर्कन मद्दत गरेको छ । जिल्लामा सामुदायिक, साझेदारी, धार्मिक, कवुलियती र सागरनाथ वन परियोजनासहित २४ हजार हेक्टर क्षेत्रफलमा वन रहेको छ ।

    वर्षा भएपछि अहिले खेतीपाती गर्न राहत मिलेको छ । रूखिएको जग्गा खनजोत गर्न सहज भएको किसानहरूको भनाइ छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij