Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिवद्ध छ : अध्यक्ष ओली

समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिवद्ध छ : अध्यक्ष ओली

  • 699
    SHARES
  • समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिवद्ध छ : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि स्थानीय तहको निर्वाचनमा जनताले एमालेलाई नेतृत्वमा पुर्याउने बताएका छन् ।

    नेकपा एमाले, बाँकेले नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिवद्ध रहेको बताएका हुन् ।

    अध्यक्ष ओलीले अहिले मुलुकको अर्थतन्त्र संकटमा परेको उल्लेख गर्दै लगानी गर्ने पूँजी नभएकाले लगानी भएन भने रोजगारी र उत्पादन अगाडि बढ्न नसक्ने बताए । उनले जनमैत्री कार्यक्रम गर्न सरकारसँग आग्रहसमेत गरेका छन् ।

    अध्यक्ष ओलीले हालै बाँकेको नरैनापुरमा भएको आगलागीमा परेका १६ घरपरिवारलाई जस्तापाताका लागि एक-एक लाख दिने घोषणा गरेका छन् । 

  • सम्बन्धित विषय:

  • # केपी ओली

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij