Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

आफ्नै पार्टी भित्रको सिण्डिकेटविरुद्ध लडिरहेको छु : पञ्चा सिंह 

आफ्नै पार्टी भित्रको सिण्डिकेटविरुद्ध लडिरहेको छु : पञ्चा सिंह 

  • 392
    SHARES
  • आफ्नै पार्टी भित्रको सिण्डिकेटविरुद्ध लडिरहेको छु : पञ्चा सिंह 

    काठमाडौं । अखिल(क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले आफू राजनीतिक सिण्डिकेटबिरुद्ध लडिरहेको बताएकी छिन् । 

    शनिबार कान्तिपुर यातायात प्रालीले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सम्बोधन गर्दै उनले सिण्डिकेट कुनै पनि क्षेत्रमा राम्रो नहुने बताएकी हुन् । 

    उनले भनिन्,‘यातायात क्षेत्रमा कायम रहेको सिण्डिकेटले व्यवसायमा आउन चाहनेहरूलाई नीतिगत अवरोध गर्ने गरेको सुनेको छु । सीमित मान्छेहरू मालामाल हुने गरेको भन्ने बुझेको छु । जुन गलत हो । यदि कोही ब्यक्ति नयाँ संकल्प र भिजनसहित नागरिकलाई उत्कृष्ट सेवा दिने गरि आउँछ भने उहाँहरुलाई वेलकम गर्नुस् ।’

    सिण्डिकेट अन्त्य गरेर निर्माण गरिने प्रतिस्पर्धाले मौजुदा प्रणाली भित्रै पनि आम नागरिकको पक्षमा थप राम्रो गर्न सम्भव हुने उनको भनाइ थियो।

    सिण्डिकेटले कुनै क्षेत्रमा पनि भलो नगरेको भन्दै नेतृ सिंहले भनिन्, ‘सिण्डिकेटले कतै पनि भलो गरेको छैन । युवा राजनीतिकर्मी रुपमा सबै दलभित्रका युवाहरू दलभित्रको सिण्डिकेटविरुद्ध आवाज उठाउँदै आउनु भएको छ । हामी आ-आफ्ना दलभित्र पनि लडिरहेका छौं। यो जरुरी छ । तपाइहरु पनि यातायातभित्र कतै सिण्डिकेट कायम छ भने त्यसलाई भत्काउनुस ।'

    कार्यक्रममा यातायात सम्बद्ध विभिन्न ब्यक्तित्वहरुले आफ्ना बिचार व्यक्त गरेका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij