Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

झोलुङ्गे पुल तरेको २० रुपैयाँ

झोलुङ्गे पुल तरेको २० रुपैयाँ

  • 927
    SHARES
  • झोलुङ्गे पुल तरेको २० रुपैयाँ

    बागलुङ । संघीय सरकारद्वारा हालै निर्माण सम्पन्न भएपछि सञ्चालनमा आएको बागलुङ-पर्वत जोड्ने बाङ्गेचौर-अदुवाबारी झोलुङ्गे (५६७ मिटर लामो) पुलमा तरेपछि २० कर तिर्नुपर्ने भएको छ । सो पुल विश्वकै लामो दावी गरिँदै आएको छ ।

    बागलुङ नगरपालिकाले पूर्वाधार कर भनी मगंलबारदेखि कर संकलनसुरु गरेको छ । प्रतिव्यक्ति २० कर लिने कामको सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।

    अबदेखि पुलमार्फत ओहरदोहर गर्नेले प्रतिव्यक्ति २० कर बुझाउनुपर्ने हुन्छ । नगरपालिकाका प्रमुख जनकराज पौडेलले पुलकै पूर्वाधारमा खर्च गर्न कर संकलन गर्ने निर्णयमा पुगेको र यो निर्णयमाथि पुनःविचार गरिने बताए ।

    बागलुङ-पर्वत जिल्लाबासीलाई भने कर नलाग्ने नगरपालिकाले जनाएको छ । नगर प्रमुख पौडेलका अनुसार ज्येष्ठ नागरिक, अपाङ्गता भएका र विद्यार्थीलाई भने १० कर लाग्नेछ । 

  • सम्बन्धित विषय:

  • # बागलुङ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij