Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

जर्मनीमा एक नेपालीको निधन 

जर्मनीमा एक नेपालीको निधन 

  • 820
    SHARES
  • जर्मनीमा एक नेपालीको निधन 

    काठमाडौं । जर्मनीमा एक नेपालीको निधन भएको छ ।  हृदयघातका कारण गत अप्रिल ११ मा  विक्रम शर्मा ज्ञवालीको निधन भएको हो ।  उनी जर्मनीमा नेपालीले सञ्चालन गरेको रेष्टुरेन्टमा कुकको काम गर्दै आएका थिए ।

    images

    ४१ वर्षीय शर्मा दुई वर्ष पहिले परिवारसहित इटालीबाट जर्मनी आएका थिए । शर्माकी आफन्त रमा लामिछानेकाअनुसार काम सकेर घर आएपछि फुटबल खेल हेरेर सुतेका उनलाई बिहान बेहोस अवस्थामा फेला पारिएको थियो ।

    बेहोस अवस्थामै अस्पताल पुर्‍याएका उनलाई चिकित्सकको टोलीले मृत घोषणा गरेको थियो । नेपालस्थित रुपन्देहीको बुटबल घर भएका शर्माकी आमा, श्रीमती र १८ वर्षीय एक छोरा छन् । 

    नेपालबाट आमाले जर्मनीमै दाहसंस्कार गर्न अनुमति दिएकाले हिन्दु परम्पराअनुसार बिहीबार अन्त्येष्टि गरिने परिवारजनले जनाएका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology