Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

‘पुष्पलालको उत्तराधिकारी नेकपा एस’

‘पुष्पलालको उत्तराधिकारी नेकपा एस’

  • 776
    SHARES
  • ‘पुष्पलालको उत्तराधिकारी नेकपा एस’

    काठमाडौं । पहिलो पटक स्थानीय निर्वाचनमा सहभागी हुन लागेको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले पुष्पलाल श्रेष्ठले स्थापना गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सच्चा उत्तराधिकारी आफू भएको दाबी गरेको छ ।

    शनिबार र आइतबार बसेको सचिवालय बैठकले पारित गरेको ‘स्थानीय तह निर्वाचन घोषणापत्र-२०७९’ को पृष्ठभूमिमै एकीकृत समाजवादीले उक्त दाबी गरेको छ ।

    ‘हामी २००९ साल वैशाख ९ गते कमरेड पुष्पलालले गठन गर्नु भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सच्चा उत्तराधिकारी हौँ ।’ घोषणापत्रमा उल्लेख छ ।

    एकीकृत समाजवादीले कम्युनिस्ट आन्दोलनको एकता अभियानका सच्चा अनुयायी र नेकपा (माले) र माक्सवादीबीच एकीकरण भएर बनेको नेकपा (एमाले)को उत्तराधिकारी भएको जिकिर पनि गरेको छ ।

    घोषणापत्रमार्फत अध्यक्ष केपी शर्मा ओली नेतृत्वको एमालेमा गैरकम्युनिस्ट विचार, आचरण र कार्यशैली रहेको विश्लेषण पनि समाजवादीले गरेको छ ।

    अध्यक्ष ओलीको दक्षिणपन्थी अवसरवाद र षड्यन्त्रकारी कार्यशैलीका कारण विद्रोह गरेर पुष्पलालले स्थापना गरेको नेकपाको सच्चा उत्तराधिकारीको हैसियतमा स्थानीय निर्वाचनमा जनतामाझ जाने नेकपा एसले जनाएकाे छ । 

  • सम्बन्धित विषय:

  • # नेकपा एस

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij