वेबटिभी खबर
काठमाडौं । अटोमेटिक पेस्तोलसहित जनकपुरधामबाट प्रहरीले २ युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका-९ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका-४ बस्ने ३० बर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरी मनरासिसवा नगरपालिका-१ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका-८ बस्ने १९ वर्षीय लोटस भन्ने अभिषेककुमार सिंह रहेको छन् ।
हातहतियार बोकी ज ७ प ७९३२ नंको मोटरसाइकलमा रामानन्द चोकबाट प्रादेशिक अस्पतालतर्फ गइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा सिंहको साथबाट एक थान अटोमेटिक पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
पक्राउ परेका दुवै जनामाथि हातहतियार खरखजना अन्तर्गत मुद्दा चलाइएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij