Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

मोटरसाइकल चोरी गरेको आरोपमा वीरगन्जबाट दुईजना पक्राउ

मोटरसाइकल चोरी गरेको आरोपमा वीरगन्जबाट दुईजना पक्राउ

  • 338
    SHARES
  • मोटरसाइकल चोरी गरेको आरोपमा वीरगन्जबाट दुईजना पक्राउ

    पर्सा । वीरगन्ज महानगरपालिका–१५ नेशनल मेडिकल कलेजमा पार्किङ गरी राखेको मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुर बस्ने २० वर्षीय ऋषी पासवान र १९ वर्षीय सहिम मिया अन्सारी रहेका छन् ।

    रौतहट फतुवा विजयपुर नगरपालिका–१० बस्ने लक्ष्मी चौधरीको ना ३५ प ५९१ नम्बरको मोटरसाइकल उनीहरुले चोरी गरेको प्रहरीले जनाएको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij