वेबटिभी खबर
काठमाडौं । युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वार्टरफाईनलको दोस्रो लेगमा रियल मड्रिड क्लब चेल्सीसंग ३-२ अन्तरले पराजित भएपनि सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति घरेलु मैदानमा रियल पराजित भएपनि समग्रमा ५-४ को जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो ।
पहिलो लेगमा चेल्सी घरेलु मैदानमा ३-१ अन्तरले पराजित हुँदा अन्तिम आठबाट बाहिरिनु पर्यो ।
चेल्सीले लगातार तीन गोल गर्दै खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो । तर त्यसलाई जोगाउन भने सकेन । रियलको लागि करिम बेन्जेमा र रोड्रीगोले गोल गरे ।
१५औं मिनेटमा मिसन माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ५१औं मिनेटमा रुडिगरले गोल गर्दा चेल्सी २-० अन्तरले अग्रता बनायो ।
टिमो बार्नरले ७५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई ३-० को अग्रता दिलाएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij