Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

कोरोनाबाट नेपालमा २६ जना पत्रकारको निधन

कोरोनाबाट नेपालमा २६ जना पत्रकारको निधन

  • 379
    SHARES
  • कोरोनाबाट नेपालमा २६ जना पत्रकारको निधन

    काठमाडौं । कोभिड–१९ संक्रमणका कारण हालसम्म नेपालमा २६ जना पत्रकारको निधन भएका छ । नेपाल पत्रकार महासंघका अनुसार २०७८ सालमा मात्र १८ जना पत्रकारको कोरोनाका कारण निधन भएको छ।

    कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न पत्रकार महासंघको पहलमा ९९ प्रतिशत पत्रकारले कोभिडविरूद्धको खोप लगाएका छन् । त्यसले जोखिम कम भए पनि कोभिडले पत्रकार तथा सञ्चारमाध्यममा पारेको असर भने अहिले पनि कायमै रहेको महासंघले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    कोरोना महामारीको बहाना देखाएर पत्रकारलाई नियमित तलब नदिने, बेतलवी विदामा राख्ने र जागिरबाट निष्कासन गर्ने कामले निरन्तरता पाएकोमा महासंघले दुःख व्यक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ११ लाख १८ हजार ७८८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    नेपालमा रहेका संक्रमितमध्ये ११ हजार ९५१ जनाको निधनभएको छ । हालसम्म नेपालमा ९ लाख ६६ हजार १६० जना संक्रमित निको भइसकेका छन् । विश्वमा पहिलो पटक कोरोना भाइरस सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको हो । 

  • सम्बन्धित विषय:

  • # कोरोना

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij