Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

चुनावअघि गरिने गठबन्धन राजनीतिक संस्कृतिका लागि हितकर छैन : गगन थापा 

चुनावअघि गरिने गठबन्धन राजनीतिक संस्कृतिका लागि हितकर छैन : गगन थापा 

  • 534
    SHARES
  • चुनावअघि गरिने गठबन्धन राजनीतिक संस्कृतिका लागि हितकर छैन : गगन थापा 

    काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावअघि गरिने गठबन्धन र तालमेल राजनीतिक संस्कृतिका लागि हितकर नभएको बताएका छन् । कांग्रेस काठमाडौं वडा नं ८ ले बिहीबार नयाँ वर्षको अवसरमा राखेको शुभकामना आदानप्रदान कार्यक्रममा थापाले चुनावअघि गरिने तालमेलको पक्षमा आफू नरहेको स्पष्ट पारे । तर पार्टीको बहुमतले निर्णय गरेकाले त्यसलाई स्वीकार गर्ने स्पष्ट पारे ।

    ‘तालमेलको संस्कृतिले लोकतन्त्रको स्वास्थ्यलाई राम्रो गर्दैन,’ उनले भने,  ‘हाम्रो पार्टीलाई मात्र हैन, कसैलाई पनि राम्रो गर्दैन ।’ उनले गठबन्धनमा जाने पार्टीको बहुमतले गरेको निर्णयलाई मानेको उल्लेख गर्दै चुनावअघि गरिने तालमेल भने राम्रो नभएको स्पष्ट पारे । थापाले पार्टीको बैठकमा गठबन्धनमा जान नहुने मत राखेका थिए ।  

    Gagan-Thapa.jpg

    अर्को प्रसंगमा गठबन्धन विरोधि अभिव्यक्ति दिने र गठबन्धनलाई फतक्क कुहिएर झरोस् भन्ने एमाले अध्यक्ष केपी शर्मा ओली आफू भने कुन दलसँग मिल्न सकिन्छ भनेर चहार्दै हिँडेको आरोप लगाए । ‘गठबन्धनलाई फतक्क कुहिएर झरोस् भन्दै गर्दा केपी ओलीले सामान्य हेक्का के नराखेको पनि पाउँछु भने एमाले पनि जसलाई भेट्छ त्योसँग आफूलाई जोडिरहेको छ,’ उनले भने, ‘हिजो कमल थापालाई आफ्नो पार्टीसँग लगेर जोड्नु भयो, परिवार दललाई जोड्नु भयो । अरू कुन दल भेटिन्छ बिहान बेलुकै यता उता चाहारेको देखिन्छ ।’

    वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी एमाले प्रवेशको प्रसंग निकाल्दै उनी पहिला कांग्रेस प्रवेश गर्न आफूसँग भेट्न आएको बताए । कांग्रेसले ल्याउन नसक्ने भनेपछि उनी एमाले गएको उल्लेख गरे । ‘कांग्रेसले नल्याएपछि ओलीले के के न भएजसरी वीरगंज पुगेर भित्र्याउनु भयो,’ उनले भने ।

    पाँच वर्ष एउटा दलबाट चुनाव जित्ने र चुनावको मुखमा टिकट पाइन्छ भनेर अर्कौ दल परिवर्तन गर्ने प्रवृत्ति बढीरहेकोमा उनले चिन्ता व्यक्त गरे । महामन्त्री थापाले केन्द्रबाट स्थानीय तहको निर्वाचनको तालमेलमा हस्तक्षेप गर्न नहुने पनि बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij