वेबटिभी खबर
काठमाडौं । सिरहा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ । गोलबजार नगरपालिका-६ डोहटयिका २५ वर्षीय दिपेश रामलाई करिब २ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीटोलीले विशेष सूचनाको आधारमा रामलाई लागूपदार्थसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीको जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij