वेबटिभी खबर
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाका मेयरल प्रयोग गर्दै आईरहेको सवारी सुविधा फिर्ता गरेका छन् । आइतबार शुक्लागण्डकीका मेयर किसान गुरुङले प्रयोग गर्ने ग १ झ ३२१ नम्बरको सवारीको चाबी प्रमुख प्रशासकिय अधिकृत लिलाबल्लभ न्यौपानेलाई हस्तान्तरण गर्दै सुविधा फिर्ता गरे ।
आसन्न स्थानीय तहको निर्वाचन नजिकिएसँगै तनहुँमा आफुले चढ्दै आईरहेको सवारी फिर्ता गर्ने उनी पहिलो जनप्रतिनिधि हुन् । उनले फेरि पनि मेयरमा दोहोरिनलाई पार्टीमा आकांक्षा देखाएका छन् । कांग्रेस शुक्लागण्डकी नगर कार्यसमितिले उनीसहित १० जना आकांक्षीको नाम जिल्ला कार्यसमितिलाई सिफारिस गरेको छ ।
तर अब मेयरको उम्मेद्वार नभए पनि सरकारी सवारीको प्रयोग नगर्ने मेयर गुरुङको उद्घोष छ । निर्वाचन आचारसंहिता सुरु भएलगत्तै सवारी फिर्ता गर्न चाहे पनि कार्यालयको कामको कारण ढिलाइ भएको उनको भनाइ छ । ‘निर्वाचन नजिकिएकाले अब नगरपालिकाले सवारी प्रयोग नगर्नेगरी फिर्ता गरेको छु’, उनले भने, ‘अब मेयरको उम्मेद्वार भए पनि नभए पनि सवारीको सुविधा लिन्नँ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij