Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

डेढ लाखबाट सुरु गरेकाे रहर लाग्दो बाख्रा फार्म

डेढ लाखबाट सुरु गरेकाे रहर लाग्दो बाख्रा फार्म

  • 547
    SHARES
  • डेढ लाखबाट सुरु गरेकाे रहर लाग्दो बाख्रा फार्म

    तनहुँ । व्यास नगरपालिका-४ चुरेखोल्सी निवासी देवीप्रसाद र गंगादेवी अधिकारीको रहर लाग्दो बाख्रा फार्म रहेको छ । उक्त फार्ममा पुग्ने जो कसैको मनमा आनन्द मिल्छ र केही चाही गर्नुपर्ने रहेछ भन्ने मनोभावना पलाएर आउँछ ।

    जोश जाँगर भए स्वदेशमै बसेर मनग्य आम्दानी लिन सकिन्छ भन्ने उक्त फार्ममा पुग्ने जो कोही मानिसका लागि पनि गतिलो सन्देश मिल्न सक्छ । शुरुमा डेढ लाख लगानी गरी ८ वटा बाख्राबाट शुरुवात गरेका अधिकारी दम्पत्ती फार्ममा १०० को हाराहारीमा बोयर जातका बाख्रा रहेका छन् ।

    बाख्रा फार्ममा अधिकारी दम्पत्तीसँगै अन्य तीन जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । दिउँसो एउटा खोरमा र राती अर्को खोरमा बाख्रा राख्ने व्यवस्था मिलाइएको छ । बाख्रा पालनका लागि आफ्नो चौबीस रोपनी र बाह्र रोपनी भाडामा लिएर घाँस खेती गरिएको छ । फार्ममा डाले घाँस र नेपियरलगायतका घाँस लगाइएको छ ।

    गंगादेवी बाख्रा फार्मका नाममा दर्ता गरी व्यवसायिक बाख्रा पालन थालिएको हो । हालसम्म बैंकको ऋण, अनुदान र आफ्नो लगानीसमेत गरी करिब १ करोड लगानी भएको फार्म सञ्चालक बताउछन् ।

    उनका छोरा नारायणप्रसाद दमौली कारागारका जेलर छन् । उनले कार्यालयको कामबाहेक बिदाको दिन बिहान बेलुकाको समयमा फार्मको रेखदेख गर्दै आएका छन् ।बुबा आमाको पुख्यौली पेशा नै पशुपालन भएकाले अन्य व्यवसायभन्दा पशुपालनमा लगानी गरिएको उनले बताए ।

    शुद्ध १०० प्रतिशत बोयर जातका दुई बोका, शुद्ध बोयर पाठी एक वटा फार्ममा रहेका छन् । त्यसैगरी ७५ प्रतिशत बोयरमा त ४३ वटा माउ, ७५ प्रतिशत बोयरका २५ पाठी र २३ पाठा रहेका छन् । अष्टेलियाबाट ३ लाख मूल्यमा एक बोका खरीद गरेर ल्याएको अधिकारीले बताए ।

    नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग एकाइ पोखराको २० लाख ५० हजार अनुदानको हालै मात्र सम्झौता गरिएको छ । अबका दिनमा प्रजनन् कार्यलाई जोड दिँदै जतिसक्दो मासु धेरै उत्पादनतर्फ केन्द्रित रहेको फार्म सञ्चालक अधिकारी जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij