Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

चीनको सांघाईमा कोरोनाबाट तीन जनाको मृत्यु

चीनको सांघाईमा कोरोनाबाट तीन जनाको मृत्यु

  • 790
    SHARES
  • चीनको सांघाईमा कोरोनाबाट तीन जनाको मृत्यु

    एजेन्सी । मार्चको अन्त्यमा लकडाउनमा प्रवेश गरेपछि चीनले पहिलो पटक सांघाईमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुने तीनै जना ८९ देखि ९१ वर्ष वर्ष उमेर समूहका रहेको चीनको स्वास्थ्य आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    उनीहरूमा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या रहेको र खोप पनि नलगाएको प्राप्त विवरणहरूमा जनाइएको छ । त्यसअघि चीनले सांघाईमा कोरोनाबाट कसैको मृत्यु नभएको जनाएको थियो । चीनको दाबीलाई लिएर सर्वत्र प्रश्नसमेत उठेका थिए ।

    अधिकारीहरूका अनुसार सोमबार एकै दिन २२ हजार २४८ नयाँ संक्रमित फेला परेका छन् । तीनै जनाको अस्पतालमा मृत्यु भएको सांघाईको स्वास्थ्य आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ । कोरोना महामारी फैलिएपछि सांघाईमा तीन सातादेखि लकडाउनमा छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij