Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

यौन दुर्व्यबहारको घटनामा विद्यालय गम्भीर नबन्दा विद्यार्थी तोडफोडमा उत्रिए

यौन दुर्व्यबहारको घटनामा विद्यालय गम्भीर नबन्दा विद्यार्थी तोडफोडमा उत्रिए

  • 545
    SHARES
  • यौन दुर्व्यबहारको घटनामा विद्यालय गम्भीर नबन्दा विद्यार्थी तोडफोडमा उत्रिए

    काठमाडौं । पूर्वीनवलपरासीको गैंडाकोट नगरपालिका–५ स्थित जनक माध्यमिक विद्यालय आइतबार दिउँसो तनावग्रस्त बन्यो । आफै पढ्दै आएको विद्यालयमा विद्यार्थीहरूले आगजनी र तोडफोड गरे । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ६० सेल अश्रुग्यास नै प्रहार गर्याे । प्रहरी निरीक्षकसहित आठ प्रहरी घाइते भए ।

    images

    शिक्षकले एक छात्रालाई अश्लील भिडियो देखाएको र अश्लील शब्द प्रयोग गरेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका थिए । २८ चैतमा भएको दुर्व्यवहारको घटनालाई विद्यालय व्यवस्थापनले गम्भीर रूपले नलिँदा आइतबार अप्रिय घटना हुन पुगेको हो ।

    जनक माविमा कक्षा १२ मा अध्ययन गर्ने १७ वर्षीया एक छात्रालाई सोही विद्यालयका शिक्षक ३३ वर्षीय कपिल घिमिरेले अश्लील भिडियो देखाएर यौन दुर्व्यवहार गरेको आरोप छ । यौन दुर्व्यवहारको घटनाको विषयमा ढिलो गरी थाहा पाएको विद्यालय प्रशासनले घटना बुझ्ने क्रममै रहँदा विद्यार्थीको आक्रोशले उग्ररूप लिएको हो ।

    पीडित भनिएकी छात्रा पढाइमा मध्यमस्तरकी विद्यार्थी हुन् । उनी विद्यालयको वातावरण बिगार्ने र अनुशासनमा नबस्ने खालको विद्यार्थी नभएको एक शिक्षकले बताए । आइतबार घटनाको विषयमा छलफलकै क्रममा रहँदा सुरक्षाका लागि विद्यालय व्यवस्थापन समितिले प्रहरीलाई विद्यालयभित्र परिचालन गरेको थियो ।

    विद्यालयभित्र प्रहरी देखेपछि आक्रोशितको भिड बढेको स्थानीय बताउँछन् । स्थानीय भन्छन्, ‘दोषीलाई समयमै प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गर्न भनेको भए तोडफोड र आगजनीको अवस्था हुने थिएन ।’

    तोडफोड र आगजनीबाट करोड बराबरको क्षति भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज कँडेलले बताए । विद्यालयको विज्ञान प्रयोगशालामा पूर्ण रूपमा क्षति भएको छ । त्यस्तै, पंखा, कम्युटर ल्याब, पानीका धारा, डेस्क बेन्च, झ्याल, शिक्षकका कुर्ची सोफालगायत विद्यार्थीले तोडफोड गरेका छन् ।

    प्रधानाध्यापक चुडामणि शर्मा कँडेलको प्र३–००२ प २७७६ र आरोपित शिक्षक घिमिरेको ना २४ प ६६१५ नम्बरको मोटरसाइकल जलेर नष्ट भएको छ । आरोपित शिक्षकलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी डिएसपी सन्तोष पाठकले जानकारी दिए । 

    भिडलाई नियन्त्रण गर्ने क्रममा विद्यार्थीले ढुंगामुढा गरेपछि आठ प्रहरी सामान्य घाइते भएको उनले बताए । आन्दोलनकर्ता भने घाइते नभएको उनले बताए । गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले घटनाको विषयमा जानकारी नदिने प्रधानाध्यापकको राजीनामा माग्ने तयारी गरेका छन् ।

    अनुसन्धानपछि आरोप लगाइएका शिक्षक दोषी ठहरिए उनलाई बर्खास्त गर्छौँ । घटनाको जानकारी नदिने प्रधानाध्यापकसँग पनि राजीनामा माग्ने छु ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology