Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

इसीडी कक्षामा बालबालिकाको मूल्यांकन

इसीडी कक्षामा बालबालिकाको मूल्यांकन

  • 1.9K
    SHARES
  • इसीडी कक्षामा  बालबालिकाको मूल्यांकन

    बालबालिकाले सबै कुरा लेख्न र भन्न सक्दैनन् । इसीडी कक्षामा भर्ना भएका बालबालिकालाई नचाउँदै, खेलाउँदै र हसाउँदै सिकाउने गर्छाैं ।

    images

    इसीडी कक्षामा भर्ना भएदेखि वर्षको अन्त्यसम्ममा बालबालिकाले के–के सिक्छ्न् ती सबै प्रगति विवरणमा राखिन्छ ।

    चार/चार महिनामा अभिभावकलाई बोलाएर बालबालिकाको प्रगतिलाई समीक्षा गर्छौं । बालबालिकाको निरन्तर मूल्यांकन गरिन्छ । अभिभावक र इसीडी शिक्षकले निर्णय गरी निम्न आधारबाट बालबालिकालाई कक्षा एकमा पठाइन्छ । 

    आधार

    १.बालबालिकाको निरन्तर मूल्यांकन गरिन्छ ।

    २. बालबालिकाको प्रगति विवरण हेरिन्छ ।

    ३.बालबालिकाको उमेर हेरिन्छ ।

    पहिलो चौमासिकमा हामीले बालबालिकालाई यसरी सिकाएका छौं । बालबालिकाले सिके कि सिकेनन् वर्षको अन्तिममा यसरी मूल्यांकन गरिन्छ ।

    चेतावनी : ‘माग सम्बोधन नभए देशभरका इसीडी कक्षा बन्द गर्छौं’ चेतावनी : ‘माग सम्बोधन नभए देशभरका इसीडी कक्षा बन्द गर्छौं’

    बालबालिकाको निरन्तर मूल्यांकन

    क. बालबालिकाले आफूभन्दा ठूलालाई आदर सम्मान र आफूभन्दा सानालाई माया स्नेहको व्यबहार देखाउँछ्न् कि देखाउँदैनन् ? 

    ख.बालबालिकाले विभिन्न किसिमका जनावरहरूको आवाज अथवा चराचुरुङ्गी आवाजलाई हाउभाउसहित नक्लल गरि भन्न सक्छ्न् कि सक्दैनन् ?

    ग.बालबालिकाले आफ्ना कपडा, टाँक, पाइन्ट चेन, चोली तुना आफैं बान्न सिकेका छ्न् कि छैनन् ? 

    घ. शिक्षकले बालकथा, बालकविता र बालगीत सुनाएपछि कम्तिमा पनि १५ मिनेट ध्यान दिएर सुन्न सक्छ्न् कि सक्दैनन् ? 

    ङ. बालबालिकाले आफैं खाजा खान र शाैचालय जान सक्छ्न् कि सक्दैनन् ? शौचालय गैसकेपछि आफैं हातमुख धुनुपर्छ भन्ने जानेका हुन्छन् कि हुँदैनन् ? 

    च. बालबालिकाले बाल गीतमा हाउभाउ लगाएर नाच्न सिकेका छ्न् कि छैनन् ? 

    छ. बालबालिकाको हात, नङ, कपडा, खुट्टा, कपाल सफा छ कि छैन ? 

    ज. बालबालिकाको उचाइ, तौल कति छ ? चौमासिकमा ताैल लिने गरिएकाे छ कि छैन ?

    दोस्रो  र चेस्रो  चौमासिक

    क.बालबालिकाले शिक्षकले कोरेको चित्रमा कलर चिनेर लगाउन सक्छ्न् कि सक्दैनन् ?

    ख. बालबालिकाले कैंचीले कागज काट्न सक्छ्न् कि सक्दैनन् ?

    ग. बालबालिकाले आफ्नो नाम, बुवा र आमाको नाम भन्न सक्छ्न् कि सक्दैनन् ?

    घ.बालबालिकाले वर्षको अन्त्यमा सामान्य क,ख, अंक ,A, B, C, D भन्न सक्छ्न् कि सक्दैनन् ?

    निर्मला वली, इसीडी शिक्षक, श्री जनचेतना आधारभूत विद्यालय खोरबारे-६ रुकुम पश्चिम

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology