वेबटिभी खबर
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीतिमा गणतन्त्रवादी र राजावादी दुई ध्रुव देखिएको बताउँदै आगामी निर्वाचनमा संविधानविरोधी शक्तिलाई परास्त गर्ने बताएका छन् ।
‘संविधानविरोधी कसरतलाई असफल तुल्याइयो, संविधान मिच्ने अहिलेको प्रवृत्ति पनि परास्त गर्छौं’ पार्टी मुख्यालय पेरिसडाँडामा साेमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने ।
शिक्षा, स्वास्थ्य र रोजगारीमा आम जनताको अधिकार सुनिश्चित गर्ने काम पनि आगामी निर्वाचनले गर्ने माओवादी अध्यक्ष प्रचण्डले दाबी गरे । स्थानीय निर्वाचनसाथै प्रदेश र संघीय निर्वाचनमा पनि जनताका मुद्दालाई केन्द्रमा राख्ने उनले बताए ।
गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता आन्दोलनको बलमा प्राप्त भएको उल्लेख गर्दै यसलाई रोक्न खोज्दा देश गतिशील हुन नसकेको बताए । उनले आफ्नो तहबाट भएका कमजोरीमा पनि आत्मसमीक्षा गर्नुपर्ने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij