वेबटिभी खबर
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले साझा चुनाव चिन्हबारे छलफल भइरहेको बताएका छन् । सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बाेल्दै अध्यक्ष प्रचण्डले साे कुरा बताएका हुन् ।
तर आसन्न स्थानीय निर्वाचनमा त्यो सम्भावना कम रहेको उनले बताएका छन् । प्रचण्डले भने, ‘वडाध्यक्ष जसले पाउँछ, उसकै चुनाव चिनाव चिन्ह लिएर जाने छलफल भइरहेको छ । तर तत्काल सम्भावना छैन ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij