Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

मौसम : पहाडी क्षेत्रमा क्षणिक वर्षाको सम्भावना

मौसम : पहाडी क्षेत्रमा क्षणिक वर्षाको सम्भावना

  • 450
    SHARES
  • मौसम : पहाडी क्षेत्रमा क्षणिक वर्षाको सम्भावना

    काठमाडौं । नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव छ । बिहान पहाडी भूभागमा आंशिक बदली छ ।

    दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहे पनि बाँकी भूभागमा आंशिक बदली रहने छ । प्रदेश १ लगायत पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    राति प्रदेश १,मधेस प्रदेश, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ ।

    बुधबार पहाडी भूभागसँगै मधेस प्रदेशका थोरै स्थानमा  क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij