Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

गोरखामा जसपाको आमसभामा उर्लियो जनसागर

गोरखामा जसपाको आमसभामा उर्लियो जनसागर

  • 976
    SHARES
  • गोरखामा जसपाको आमसभामा उर्लियो जनसागर

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले भौगोलिक एकीकरणको नेतृत्व गर्ने गोरखा जिल्लाले जनताबीच भावनात्मक एकताको पनि प्रवर्द्धन गरेर समृद्धिको आधार तयार गरेको बताएका छन् ।

    जसपा जिल्ला समन्वय समिति गोरखाले गोरखाकै हरमटारीमा मंगलबार गरेको विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष डा.भट्टराईले सो कुरा बताएका हुन् । 

    ‘एकीकरणको नेतृत्व गर्ने गोरखाले जनताबीच भावनात्मक एकताको पनि प्रवर्द्धन गरेर समृद्धिको आधार तयार गर्दै,’ अध्यक्ष डा.भट्टराईले भने । 

    jasapaaa.jpg

    त्यसैगरी डा.भट्टराईले जसपाप्रति आकर्षक जनसभाले स्थानीय तह निर्वाचनको तरंग सिर्जना गरेको पनि बताए । देशको जातीय/क्षेत्रीय विविधताको सुन्दर प्रतिबिम्ब जसपा भएको अध्यक्ष डा.भट्टराईको भनाइ छ । 

    जनसभामार्फत नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ता र स्वतन्त्र व्यक्ति गरी सयौंको संख्यामा जसपा प्रवेश गरे । उनीहरू सबैलाई अध्यक्षद्वय उपेन्द्र यादव, डा.भट्टराईलगायतले पार्टीमा स्वागत गरे ।

    अध्यक्ष यादवलगायतले पनि आमसभालाई सम्बोधन गर्दै हिमाल, पहाड, तराई–मधेस जोड्ने पार्टी जसपा मात्र भएको बताए । 

    jspgopa.jpg

  • सम्बन्धित विषय:

  • # जसपा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij