Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

डब्लुएचओका महानिर्देशक बिहीबार नेपाल आउँदै

डब्लुएचओका महानिर्देशक बिहीबार नेपाल आउँदै

  • 495
    SHARES
  • डब्लुएचओका महानिर्देशक बिहीबार नेपाल आउँदै

    काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयसस नेपाल भ्रमणको सिलशिलामा बिहीबार काठमाडौं आउँदै छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् ।

    बैशाख ८ देखि १० गतेसम्म उनले नेपालको भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयकाअनुसार डब्लुएचओका महानिर्देशक गेब्रेयससको नेपाल भ्रमण टोलीमा डब्लुएचओको दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयका निर्देशक डा.पूनम क्षेत्रपाल सिंह र डब्लुएचओका अन्य पदाधिकारीहरु पनि सहभागी हुनेछन् ।

    नेपाल भ्रमणमा रहँदा महानिर्देशक गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ । यस्तै, उनले परराष्ट्रमन्त्री डा.नारायण खड्का र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँग पनि भेट गर्ने परराष्ट्रले जनाएको छ । 

     

  • सम्बन्धित विषय:

  • # डब्लुएचओ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij