वेबटिभी खबर
काठमाडौं । पर्सा जिल्लाको ठोरी गाउँपालिका–१ का वडाअध्यक्ष रामप्रकाश कुँवर जनता समाजवादी पार्टी, नेपाल (जसपा) मा प्रवेश गरेका छन् ।
स्थानीय तह निर्वाचनको मुखमा नेकपा माओवादी केन्द्रबाट वडाअध्यक्षमा निर्वाचित कुँवर बिहीबार जसपामा प्रवेश गरेका हुन् ।
कुँवरलाई पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले पार्टीमा प्रवेश गराएका छन् ।
वडाअध्यक्ष कुँवरलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष डा.भट्टराईले सत्तास्वार्थ निम्ति दलबदल होइन अग्रगामी परिवर्तन निम्ति राजनीतिक ध्रुवीकरण जारी रहनुपर्ने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij