Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

वीरगंज जसपाको भागमा परेपछि मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति गरेको जिल्ला नेतृत्व जिल्ल  

वीरगंज जसपाको भागमा परेपछि मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति गरेको जिल्ला नेतृत्व जिल्ल  

  • 584
    SHARES
  • वीरगंज जसपाको भागमा परेपछि मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति गरेको जिल्ला नेतृत्व जिल्ल  

    काठमाडौं । पर्सा कांग्रेस जिल्ला सभापति जनार्दन सिंह क्षेत्री र जनता समाजवादी पार्टीका सभापति रामनरेश यादवबीच गत शनिबार वीरगंज महानगरमा मित्रवत् प्रतिस्पर्धा गर्ने लिखित सहमति भयो । त्यसको तीन दिनपछि मंगलबार सत्ता गठबन्धनको बैठकले वीरगंज महानगरको प्रमुख जसपालाई दिने सहमति गर्यो ।

    कांग्रेस पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी बैठकले नै वीरगंजको मेयर जसपालाई दिने निर्णय गरेपछि जिल्ला सभापति तहमा भएको सहमति के होला त ?

    पर्सा जिल्लाका १४ वटै स्थानीय तहमा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णयलाई नेतृत्वले वास्तै नगरी एकलौटी निर्णय गरेकोमा वीरगंजका कांग्रेस नेता कार्यकर्ता भने रूष्ट छन् ।

    पहिला मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय केन्द्रले जवर्जस्ती उल्टाएपछि अब कांग्रेस नेता कार्यकताहरूले वीरगंजमा जसपालाई चुनावमा सघाउलान ? यो आशंका पनि पैदा भएको छ ।

    कांग्रेसका पर्सा सभापति क्षेत्रीले यस विषयमा पार्टी सभापतिलाई भेटर कुरा राखेको बताउँछन् । ‘महानगरको नेतृत्व जसपालाई दिने निर्णयमा पुर्नविचार गर्न आग्रह गरेका छौं,’ क्षेत्रीले वेबटिभी खबरसँग भने ।

    क्षेत्रीसहित पुगेको पर्साका नेताको डेलिगेसनलाई देउवाले यो विषयमा फेरि एक पटक छलफल गर्ने आश्वासन दिएर बिदा गरे । ‘प्रधानमन्त्रीले फेरि एक पटक छलफल गर्ने भन्नु भएको छ । त्यसपछि सल्लाह गरेर अघि बढ्छौँ,’ क्षेत्रीले भने ।

    महानगरको ३२ वटै वडामा कांग्रेसले चुनावी तालमेल नगर्ने

    वीरगंज महानगपालिकाको नेतृत्व जसपालाई दिए पनि वडामा भने मित्रवत् प्रतिस्पर्धा हुने कांग्रेसले जनाएको छ । वीरगंज महानगर सभापति मनिन्द्रलाल श्रेष्ठले वडाहरूमा कांग्रेसले कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने बताए । उनले भने, ‘महानगरभित्र ३२ वटा वडा छन् । त्यहाँ हामी कसैसँग पनि चुनावी तालमेल गर्दैनौँ ।’

    महानगरपालिकाको प्रमुृख पदको निर्णय केन्द्रीय शीर्ष नेताहरूले गर्ने भएकाले सोहीअनुसार हुने र वडामा भने तालमेल नहुने उनले स्पष्ट पारे । वडा तहको अधिकार आफूलाई हुने भएका कारण वडामा कुनै पनि हालतमा अन्य पार्टीसँग चुनावी तालमेल नगर्ने उनको भनाइ छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij