Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

मतदाताले उम्मेदवार किन नरोज्ने ?

मतदाताले उम्मेदवार किन नरोज्ने ?

  • बैशाख १०, २०७९ शनिवार ०७:२३ बजे
  • 992
    SHARES
  • मतदाताले उम्मेदवार किन नरोज्ने ?

    काठमाडौं । स्थानीय चुनाव नजिकिएसँगै उम्मेदवार बन्नका लागि खुल्ला होडबाजी सुरु भएको छ । दल परिवर्तन गरेर भए पनि चुनावमा विभिन्न पदका लागि दौडधुप अहिले जारी छ । तर उम्मेदवार हुन चाहनेले किन आफैं उम्मेदवार बन्नु जरूरी छ भनेर जनतालाई बुझाउने कोसिससम्म गरेको पाइँदैन । 

    images

    नेतासँग पहुँचकै आधारमा टिकट लिने र चुनावमा होमिने उदेश्य अकांक्षीमा देखिन्छ । मतदाताले आफ्नो जनप्रतिनिधि कस्तो चाहेका छन भन्ने कुरा कुनै दलले वास्ता गरेको पाइँदैन । टिकट लिएर उम्मेदवार बन्ने चाहनाको भिडमा मतदाताको चाहना भने पुरै ओझेलमा परेको छ । 

    मतदाताले चाहेजस्तो जनप्रतिनिधिलाई पार्टीले टिकट दिनु पर्ने हो । यहाँ भने ठिक उल्टो छ । जनताको चाहना बुझेर उपयुक्त व्यक्तिलाई टिकट दिने फुर्सत कुनै दललाई छैन् । कस्तो छ भने मतदातासँग टाढा तर नेताका निकटले टिकट पाउँछन् । राजनीतिक दलले पनि मतदातालाई आफ्नो निर्णय लाद्ने, खाए खा नखाए घिच भन्ने अवस्था सृजना गर्ने चलन छ । 

    सत्तारुढ गठबन्धनबीच भनिएको चुनावी तालमेल पनि मतदातालाई उम्मेदवार लाद्ने प्रक्रियाकै एउटा हिस्सा हो । धेरै उम्मेदवार हुँदा छनौटको बढी मौका मतदातालाई हुन्थ्यो । यो पटक त त्यो पनि कुण्ठित भएको छ । 

    अधिकार सम्पन्न स्थानीय तहको चुनावमा गत पटकको भन्दा यसपटक बढी आकर्षण देखिएको छ । गएको पाँच वर्षमा स्थानीय तहले पाएको बजेट, पर्याप्त अधिकार, शान सौकत र शासकिय  दवदवाले धेरैलाई पालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष बन्न हौस्याएको छ ।

    महाेत्तरीका एक किसानकाे छाेरालाई छात्रवृत्तिमा पढ्नका लागि सिफारिस बनाउने बेलामा वडाध्यक्षले हैरान बनाएकाे भन्दै केही दिनअघि मात्र सामाजिक सञ्जालमा उनले आफ्ने वेथा पाेखेका थिए । उनकाे बुझाइमा वडाध्यक्ष बन्ने चाहनाका पछाडि जनतामाथि शासन गर्ने र दाम कमाउन मात्र हाे । ।  

    टिकटका लागि नेताको मुख ताक्ने र उम्मेदवार नेताप्रति उत्तरदायि हुने परम्परा हुन्जले परिवर्तन संभव छैन । यो प्रथामा जनताकै तहबाट पनि परिवर्तन ल्याउन सकिन्छ ।

    उदाहरणका लागि वडा तहमा योग्य र असल व्यक्तिलाई स्थानीय मतदाताले नै छनौट गर्ने । उनलाई वडाध्यक्ष उठ्न आग्रह गर्ने । मतदाताले नै आफ्नो उम्मेदवार छान्दा उम्मेदवार बन्नेको चुनावी खर्च धेरै हुँदैन । सहजै जित्ने र जितेपछि ती जनता, मतदाताप्रति उत्तरदायि हुन बाध्य हुन्छ । वडाध्यक्ष हुँदै यो क्रम पालिका प्रमुख, प्रदेश सांसद र संघीय सांसदसम्म लैजान सकिन्छ ।

    अहिलेसम्म पार्टीले टिकट दिएको वा आफैं उठेको उम्मेदवार बीचबाट मात्र मतदाताले आफ्नो जनप्रतिनिधि छान्दै आएका छन् । तर अर्काे विधिबाट भने चुनावअघि नै उम्मेदवारकै छनौट मतदाताले गर्छन । यो अप्ठेरो र जटिल विधि भए पनि यसको सुरुवात कुनै एक ठाउँ, एउटा वडाबाट मात्र गर्नसक्दा पनि त्यसको प्रभाव ठूलो हुनसक्छ । आगामी दिनमा यो विधि फैलिनसक्छ । जसले गर्दा पार्टीहरुको मनपरी गर्ने शैली बन्द हुने र जनप्रतिनिधि बन्न चाहने व्यक्ति आफ्ना मतदाता र जनताप्रति उत्तरदायि हुन बाध्य हुन्छन् । 

    मागेर गुजारा चलाउने व्यक्ति एक मुठी चामल भिक्षामा पाउँदा पनि दातासँग कृतज्ञ हुन्छ । तर आफ्नो मत नै दान गर्ने मतदातासँग भने जनप्रतिनिधिले शासकको व्यवहार गर्दै आएका छन् । त्यसको नियन्त्रणका लागि पनि मतदाता नै जागरुक हुनु जरुरी छ ।


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology