Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

एक वर्ष म्याद थप गराउन सशस्त्रका एआइजीको दौडधुप 

एक वर्ष म्याद थप गराउन सशस्त्रका एआइजीको दौडधुप 

  • 1.0K
    SHARES
  • एक वर्ष म्याद थप गराउन सशस्त्रका एआइजीको दौडधुप 

    काठमाडौं । पदावधिका कारण बैशाख २० गते अनिवार्य अवकास पाउन थालेका सशस्त्र प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) एक वर्षे कार्यकाल थप्ने दौडधुपमा लागेका छन् । 

    माथिल्लो पद रिक्त नहुँदा सशस्त्रमा निरीक्षकहरुको १५ वर्षभन्दा बढी समयदेखि बढुवा हुन सकेको छैन् । ‘विशिष्ट श्रेणीमा पदावधि थप्न खोज्नेहरुका कारण हाम्रो बृत्ति विकास रोकिएको छ,’ एक अधिकृतले भने, ‘पदावधि बढाउनु पर्ने गरी उल्लेखनिय काम गरेको हकमा राज्यले सोच्नु पनि पर्छ । तर, केही गर्न नसकेकाको हकमा पदावधि थप्नु हुँदैन ।’

    आगामी २० गते एआइजीद्वय पुष्पराम केसी र रामशरण पौडेलको कार्यकाल सकिँदै छ । कार्यकाल सकिन लागेका एआइजीहरु नेतालाई भेटेर पदावधि थप्न दौडधुपमा लागेका हुन् । 

    दौडधुपमा एआइजी केसी बढी सक्रिय छन् । उनले गृहमन्त्री रामबहादुर थापा निकट नेताहरुलाई भेटेर पदावधि थप्नका लागि दवाव दिएको स्रोतले बतायो । 

    अहिले एआइजीको पदावधि थप्दा डिआइजीहरु खड्ग राइ , मन्दिप श्रेष्ठ र प्रबिण कुमार श्रेष्ठलाई प्रत्यक्ष असर पर्ने देखिएको छ । वरिष्ठ अधिकृतहरु नेताको आडमा पदावधि थपाउन दौडधुप गर्दा संगठनमा राजनीति भित्रिएको तल्ला अधिकृत चिन्ता व्यक्त गरेका छन् । 

    गृहमन्त्रालय सशस्त्रमा माथिल्लाे पद रिक्त नभएर लामाे समयदेखि बढुवा राेकिएका अधिकृतको मनोवल घटाउन नहुने भन्दै पदावधि थप्ने पक्षमा नभएको स्रोतले बताएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij