Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

मनोनयन दर्ताकाे पहिलाे दिन : तिन महानगरमा चारजनाले गरे मेयरमा उम्मेदवारी दर्ता

मनोनयन दर्ताकाे पहिलाे दिन : तिन महानगरमा चारजनाले गरे मेयरमा उम्मेदवारी दर्ता

  • 771
    SHARES
  • मनोनयन दर्ताकाे पहिलाे दिन : तिन महानगरमा चारजनाले गरे मेयरमा उम्मेदवारी दर्ता

    काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा मनोनयन दर्ता सुरु भएको छ ।

    राष्ट्रिय यथार्थवादी पार्टी नेपालको तर्फबाट आनन्दराज जोशीले मनोनयन दर्ता गराएका छन् । 

    राष्ट्रिय सभा गृहमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा गएर उनले मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफ्नो उम्मेदवारी नराम्रा उम्मेदवारलाई हराउन र राम्रालाई जिताउन मात्र भएको बताएका छन् । 

    उनीपछि स्वतन्त्रतर्फबाट राजन कार्कीले मेयर पदमा मनोनयन दर्ता गराएका छन् । प्रदेश १ को विराटनगर महानगरपालिकाको मेयरमा पनि एक जनाले स्वतन्त्रतर्फबाट मनोनयन दर्ता गराएका छन् ।

    मनोनयन दर्ता गराउने माधवराज वाग्ले हुन् । उनी यसअघि सोही महानगरपालिकाको वडा नम्बर–१० का अध्यक्ष थिए । 

    यस्तै, पोखरा महानगरपालिकाको मेयर पदमा गणेश पौडेलको पनि मनोनयन दर्ता भएको छ । उनी ‘अटेरी अभियान’मा आबद्ध छन् ।

    पौडेल लेखक तथा स्तम्भकार पनि हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij