Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

क्लब प्लाटिनममा ३१ वैशाखमा ‘कालीप्रसाद बास्कोटा लाइभ’

क्लब प्लाटिनममा ३१ वैशाखमा ‘कालीप्रसाद बास्कोटा लाइभ’

  • 668
    SHARES
  • क्लब प्लाटिनममा ३१ वैशाखमा  ‘कालीप्रसाद बास्कोटा लाइभ’

    काठमाडौं । गायक, गीतकार तथा संगीतकार कालीप्रसाद बास्कोटा यही वैशाख ३१ गते अर्थात मे १४ मा दरबारमार्गको क्लब प्लाटिनममा गुञ्जिने भएका छन् । ‘कालीप्रसाद बास्कोटा लाइभ’ नाम दिइएको कार्यक्रमको प्रस्तुतकर्ता पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट (पीभीइ) नेटवर्क हो ।

    images

    पीभीइ नेटवर्कका अनुसार विशेष डिजाइनमा तयार पारिएको लाइट, साउण्ड, एलइडी स्क्रिनमा काली सुनिनेछन् । कार्यक्रममा अन्य कलाकारहरुको आकर्षक नृत्य प्रस्तुति पनि हुनेछ ।

    कालीका अनुसार कोभिड महामारीपछि काठमाडौंमा उनको यो पहिलो प्रस्तुती हुनेछ । उनले गाएका गीतहरु ‘जालमा’, ‘निर’, ‘साली मन पर्यो’लगायत लोकप्रिय छन् । काली केही समयअघि सम्पन्न गायन रियालिटी शो ‘सा रे ग म प’को निर्णायकसमेत हुन् । यसबाहेक उनले ‘नेपाल आइडल’को सिजन १, २ र ३ मा पनि निर्णायकको भूमिका निभाइसकेका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology