Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

मकै खेतीमा फौजी कीराको प्रकोप

मकै खेतीमा फौजी कीराको प्रकोप

  • 661
    SHARES
  • मकै खेतीमा फौजी कीराको प्रकोप

    म्याग्दी । म्याग्दीमा मकै उम्रिने बित्तिकै फौजी कीराले नोक्सानी गरेपछि यहाँका किसान चिन्तित भएका छन् । कीराका कारण यस वर्ष मकै उत्पादनमा कमी आउने किसानहरूको अनुमान छ ।

    मकैबाली हुर्कंदै गरेको अवस्थामा फौजी कीराले बालीमा धेरै क्षति पुर्‍याएको गुनासो आएको स्थानीय तहका कृषि शाखाले जनाएका छन् । स्थानीय तहका कृषि प्राविधिकका अनुसार फौजी कीराको प्रकोपबारे सचेतना जगाइएको भएपनि समयमै यसको रोकथाम गर्न नसक्दा मकै बालीमा ठूलो क्षति पुगेको हो ।

    मंगला गाउँपालिकाका कृषि शाखाका प्राविधिक जगत बानियाँले फौजी कीराको प्रकोप व्यापक फैलिएको जानकारी दिए । किसानले विषादी प्रयोग गरिरहे पनि नियन्त्रणमा आउन नसकेको उनले भनाइ छ । उन्नत जातको मकैमा सुक्खा हुँदा फौजी कीराले बढी नोक्सानी गर्ने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    कृषि ज्ञान केन्द्रका अनुसार फौजी कीरा नियन्त्रण गर्न विषादी छर्नुबाहेक अरू कुनै विकल्प नगरेको बताइएको छ । फौजी कीराका कारण म्याग्दीको बेनी नगरपालिका तथा मालिका, मंगला, रघुगंगा र धौलागिरि गाउँपालिकाका किसानले लगाएको मकैमा अधिक क्षति पुगेको कृषि ज्ञान केन्द्रले जनाएको हो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij