Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

नेपाली सेनाद्वारा कङ्गोमा सडक निर्माण गरी सम्बन्धित निकायलाई हस्तान्तरण

नेपाली सेनाद्वारा कङ्गोमा सडक निर्माण गरी सम्बन्धित निकायलाई हस्तान्तरण

  • 424
    SHARES
  • नेपाली सेनाद्वारा कङ्गोमा सडक निर्माण गरी सम्बन्धित निकायलाई हस्तान्तरण

    काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ कङ्गोमा तैनाथ श्री नं-२५ फिल्ड गुल्म (इन्जिनियरिङ गुल्म)ले १२ किलोमिटर लम्बाइको कातोतो-लिता-जिली सडकखण्ड निर्माण गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरेको छ ।

    गत माघ १३ गतेबाट प्रारम्भ गरेको उक्त सडक निर्माण कार्य वैशाख ७ गते सम्मान गरी कङ्गोस्थित इटुरी प्रदेशका भाइस गभर्नर पोलिस चिफ वेञ्जामिन एलोङ्गा बोनीले शुभारम्भ गरेको नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    उक्त अवसरमा सहभागी अधिकारीहरूले नेपाली शान्ति सेना गुल्मद्वारा मर्मत गरिएको लिता गाउँको फुटबल मैदानको समेत निरीक्षण गरेको थियो ।

    द्वन्द्वग्रस्त मुलुकमा तैनाथ सेनाले आफ्नो अपरेशनको जिम्मेवारीका अलावा स्थानीय समुदाय लक्षित जनहितकारी कार्यले स्थानीय र शान्ति सैनिकबीच विश्वासको वातावरण सिर्जना भई सम्बन्ध प्रगाढ हुने नेपाली सेनाले विश्वास लिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij