Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

नागार्जुनमा जसपाको सम्पर्क कार्यालयको

नागार्जुनमा जसपाको सम्पर्क कार्यालयको

  • 610
    SHARES
  • नागार्जुनमा जसपाको सम्पर्क कार्यालयको

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नागार्जुन नगरपालिकाको कारखाना चोकमा सम्पर्क कार्यालय स्थापना गरेको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले कार्यालयको स्थापना गर्दै जनताको स्वतन्त्रता र संविधानको रक्षाका लागि स्थानीय तहको आसन्न निर्वाचनमा गठबन्धनका अग्रगमन पक्षधर साझा उम्मेदवारलाई निर्वाचित गराउनुपर्ने बताए ।

    पार्टीका केन्द्रीय सदस्य विनोद श्रेष्ठले अहिलेको चुनावमा जनताले अग्रगमन पक्षलाई अनुमोदन गर्ने विचार व्यक्त गरे । पार्टीका नेत्री शोनाम लामाले नागार्जुन नगरपालिकाभित्र रहेका प्राचीन सम्पदा स्थलको संरक्षण, पर्यटकीय स्थल तथा त्यस आसपास क्षेत्रमा पूर्वाधार निर्माण गर्न जसपाले त्यस क्षेत्रको नेतृत्व गर्नुपर्नेमा जोड दिए ।

    नागार्जुन निर्वाचन प्रचारप्रसार समितिका सदस्य शंकर लामाले कार्यालयको स्थापनाले स्थानीय तहको चुनावमा आवश्यक कागजात संकलनका साथै चुनाव प्रचारका कार्यक्रम तथा पार्टीका संगठनिक गतिविधि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij