वेबटिभी खबर
काठमाडौं । महोत्तरीमा स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा ३ हजार ५५३ जना उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् । आइतबार र सोमबार भएको मनोनयन दर्तामा जिल्लाका १५ पालिकाका लागि उक्त संख्यामा उम्मेदवारी दर्ता भएकाे निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।
निर्वाचन आयोग महोत्तरीकाअनुसार जिल्लाका १० नगरपालिका प्रमुखका लागि १५० जनाले उम्मेदवार दर्ता गराएका छन् भने बाँकी ५ गाउँपालिका अध्यक्षका लागि ८६ जनाले उम्मेदवारी दर्ता गरेका छन ।
त्यसैगरी जिल्लाका १३८ वडाका लागि ८८५ जनाले वडा अध्यक्षमा, ५८३ जनाले महिला सदस्यमा, ५५४ जनाले दलित महिला सदस्यमा र ११७३ जनाले सदस्यमा मनोनयन दर्ता गरेको निर्वाचन आयोगले जनाएको छ ।
१५ वटा पालिकामा विभिन्न पदमा गरी ७३० जना मात्र जनप्रतिनिधि निर्वाचित हुनेछन् । महोत्तरीमा ३लाख ३६ हजार ९५ जना मतदाता छन् भने जिल्लाभरि ४९७ मतदान केन्द्र र २५८ मतदानस्थल रहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij