Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

कालीकोटका सबै पालिकामा विप्लव नेतृत्व नेकपाको उम्मेदवारी

कालीकोटका सबै पालिकामा विप्लव नेतृत्व नेकपाको उम्मेदवारी

  • 807
    SHARES
  • कालीकोटका सबै पालिकामा विप्लव नेतृत्व नेकपाको उम्मेदवारी

    काठमाडौं । चुनाव बहिष्कार गर्दै आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कालीकोटका सबै पालिकामा स्वतन्त्र उम्मेदवारी दिएको छ । विप्लवका केन्द्रीय सदस्यदेखि पूर्व संविधानसभा सदस्यहरूसमेतले स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

    कालीकोटको नरहरिनाथ गाउँपालिका अध्यक्षमा एटम विसी र उपाध्यक्षमा कलशा विकले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी रास्कोट नगरपालिकामा धिरान्दा उपाध्याय र उपप्रमुखमा फुलटौरा विकले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्याय २०६४ सालको संविधानसभाको सदस्य हुन् ।

    त्यस्तै खाँडाचक्र नगरपालिका प्रमुखमा हस्त विक, तिलागुफा नगरपालिका प्रमुखमा रमेश चदारा  र उपप्रमुखमा धनराज शाहीले उम्मेदवारी दर्ता गराएका छन् ।

    पचालझरना गाउँपालिका अध्यक्षमा नेकपा जिल्ला सचिव मनिलाल ऐडी र उपाध्यक्षमा विनीत सिंह तिरुवाले उम्मदवारी दर्ता गराएका छन् । पलाता गाउँपालिकाकाे अध्यक्षमा पदम विक, महावै गाउँपालिका अध्यक्षमा धनबहादुर सिंह, शुभकालिका गाउँपालिका अध्यक्षमा मनिस विक र सान्नी त्रिवेणी गाउँपालिमा अध्यक्षमा रुपसिंह बोहोराले उम्मेदवारी दिएका हुन् ।

    चुनावलाई उपयोग गरेर जाने नीतिअनुसार नै उम्मेदवारी दिएको जिल्ला सचिव मनिलाल ऐडीले बताए । कालीकोट नेकपा प्रवक्ता खड्कबहादुर विश्वकर्माको गृहजिल्ला हो ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij