Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

कञ्चनजंघा आधार शिविरमा ४७ आरोही

कञ्चनजंघा आधार शिविरमा ४७ आरोही

  • 502
    SHARES
  • कञ्चनजंघा आधार शिविरमा ४७ आरोही

    ताप्लेजुङ । कञ्चनजंघा हिमाल आरोहण गर्नका लागि ४७ आरोही आधार शिविर पुगेका छन् । यस वर्ष यतिधेरै आरोही कञ्चनजंघा आरोहण गर्न एकैपटक आधार शिविर पुगेका हुन्।

    दक्षिणी र उत्तरी पदर्माग हुँदै आरोही कञ्चनजंघा आधार शिविर पुग्ने गर्छन् । दक्षिणी पदर्माग हुँदै ३६ आरोही कञ्चनजंघा आधार शिविर पुगेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तापेथोक जाँचचौकीका पर्यटन सहायक कल्पना ताम्मादेनले जानकारी दिए ।

    उनका अनुसार आधार शिविरमा भारतका ५, अमेरिकाका १, जर्मनीका ३, रोमानियाका २, अष्ट्रेलियाका ३, नेदरल्याण्डका ३, क्यानडाका २ जना पुगेको बताए । केही आरोहीले गत साता नै आधार शिविर पुगेर आरोहणको तयारी थालेका छन् ।

    यस्तै उत्तरी पदर्माग हुँदै रोमनियाका ६ र बेलायतका ५ आरोही आधार शिविरमा पुगेको याम्फुदिन जाँचचौकीका पर्यटन सहायक सूर्यमान राईले बताए । कञ्चनजंघा आरोहणका लागि ६७ जनाले अनुमति लिएका छन् ।

    आधार शिविर आउने क्रम जारी रहेको छ । समिरबहादुर बस्नेत नेतृत्वको ९ सदस्यीय नेपाली टोलीले पनि कञ्चनजंघा आरोहणको अनुमति लिएको पर्यटन विभागले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij