वेबटिभी खबर
काठमाडौं । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा (आइतबार र शनिबार) दिने निर्णय गरेसँगै शिक्षण संस्थाहरू पनि बन्द हुने भएका छन् ।
शिक्षामन्त्री देवेन्द्र पौडेलले क्याम्पस र विद्यालय पनि दुई दिन बन्द गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिए ।
शिक्षामन्त्री पौडेलले परीक्षणका रूपमा मात्रै बिदा दिने निर्णय गरिएको बताए ।
सोमबारदेखि शुक्रबारसम्म विद्यालयका कक्षा बिहान ९:३० देखि साँझ ४:३० बजेसम्म सञ्चालन हुने मन्त्री पाैडेलको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij