Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

बजेटका प्राथमिकतामाथि विषयगत मन्त्रालयसँग छलफल

बजेटका प्राथमिकतामाथि विषयगत मन्त्रालयसँग छलफल

  • 599
    SHARES
  • बजेटका प्राथमिकतामाथि विषयगत मन्त्रालयसँग छलफल

    सुर्खेत । आगामी वर्षको लागि बजेटको आकार र समेटिने शीर्षकका विषयमा विषयगत मन्त्रालयसँग आर्थिक मामिला तथा योजना मन्त्रालयले छलफल सुरु गरेको छ ।

    images

    कर्णाली  प्रदेशका सबै मन्त्रालयलाई उपलब्ध गराएको बजेटको आकारका आधारमा समेटिने विषयवस्तुमाथि मन्त्रालयले छलफल सुरु गरेको हो । यही क्रममा आज जलस्रोत तथा उर्जा विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग छलफल भएको छ ।

    आगामी आर्थिक वर्षमा आउने बजेटमा के के विषयवस्तु प्राथमिकतामा राख्ने भन्ने विषयमा व्यापक छलफल भएको छ । चालु नीति तथा कार्यक्रमको प्रमुख उपलब्धि र समीक्षाको विषयमा समेत छलफल भएको छ ।

    यस्तै आगामी बजेटमा निरन्तरता दिनुपर्ने नीति तथा कार्यक्रम, प्रस्तावित नीति तथा कार्यक्रम, प्रदेश विशेषा तथा रुपान्तरणकारी कार्यक्रमहरू, अपेक्षित उपलब्धि र नतिजाका विषयमा समेत छलफल भएको छ ।

    कर्णाली प्रदेशले फुकोट कर्णाली, जगदुल्ला जलाशययूक्त जलविद्युत आयोजना लगायतका आयोजनामा प्रदेशले सेयर लगानीको विषय समेत विशेष प्राथमिकता बजेटमा रहनेछ ।

    नेपाल सरकारको सहकार्यमा २० मेगावाटसम्मका साना जलविद्युत आयोजनाको सम्भाव्यता तथा विस्तृत डिजाइनका विषयमा समेत बजेटका प्राथममिकता पाउने छलफलमा बताएको छ ।

    खानेपानी र सरसफाईसम्बन्धी, सौर्य उर्जा  वायु, वायु ग्यासलाई प्राथमिकता दिइने छलफलमा जानकारी गराएको छ । साना सहर केन्द्रित खानेपानी, खेतीयोग्य जमिनमा नविनतम प्राविधिको प्रयोग गरी सिँचाइ सुविधा पुर्याउने कुरामा समेत जोड दिइनेछ ।

    बाढी पहिरो तथा प्रकोपबाट प्रभावित भएका ठाउँमा संरक्षण गर्न समेत ध्यान दिने बताएको छ । कर्णाली, भेरी र शारदा लगायतका नदी किनारमा सिंचाइ सुविधा पुर्याउने कुरामा जोड दिइने जानकारी गराएको छ ।  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology