Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

बराबरीमा रोकियो चेल्सी र युनाइटेड

बराबरीमा रोकियो चेल्सी र युनाइटेड

  • 466
    SHARES
  • बराबरीमा रोकियो चेल्सी र युनाइटेड

    काठमाडौं । इंग्लिस प्रीमियर लिग (ईपीएल) अन्तर्गत बिहीबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले १-१ अन्तरको  बराबरी खेलेका छन् ।
    युनाइटेड घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा भ्रमणकारी टोली चेल्सीले सुरुआती अग्रता बनायो ।

    पहिलो हाफमा चेल्सीले निकै दवाव बनाएपनि गोल गर्न सकेन । दुबै गोल दोस्रो हाफमा सम्भव भएका थिए ।

    खेलको ६०औं मिनेटमा मार्को एलन्सोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । तर दुई मिनेट मै युनाइटेडले गोल फर्कायो ।

    माटिकको पासमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए ।

    बराबरीसंगै युनाइटेडको शीर्ष चारमा स्थान बनाउने सम्भावना कमजोर बन्दै गएको छ । 

    चेल्सी ३३ खेलबाट ६६ अंक सहित तेस्रो स्थानमा छ । दुई खेल बढी खेलेको युनाइटेड ५५ अंक सहित छैटौं स्थानमा छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij