Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

नासाको पर्सिभिअरन्स रोभरले मंगल ग्रहमा अक्सिजन बनायो 

नासाको पर्सिभिअरन्स रोभरले मंगल ग्रहमा अक्सिजन बनायो 

  • 1.1K
    SHARES
  • नासाको पर्सिभिअरन्स रोभरले मंगल ग्रहमा अक्सिजन बनायो 

    काठमाडौं । नासाको पर्सिभिअरन्स रोभरले ६३ दिनपछि आफ्नो मुख्य उद्देश्यमध्येको अर्को एक सफलता हासिल गरेको छ । यो सोमबार मंगल ग्रहमा हेलिकप्टर उडाएपछि रोभरले त्यहाँ गरेको अर्को उपलब्धि हो ।

    रोभरले माेक्सी नामको उपकरणबाट मंगल ग्रहको वायुमण्डलमा रहेकाे कार्बनडाइअक्साइडलिएर शुद्ध श्वास लिन योग्य ५ ग्राम अक्सिजन निर्माण गरेको छ । यति मात्राको अक्सिजनले एक अन्तरिक्ष यात्रीका लागि १० मिनेट सास लिनु बराबर हो । नासाका अनुसार पृथ्वीभन्दा बाहिर अन्य ग्रहमा सास फेर्न योग्य अक्सिजन बनाएको पहिलोपटक हो ।

    रोभरमा अक्सिजन जेनरेशन मोक्सि भनिने टोस्टर आकारको इकाईद्वारा मार्स अक्सिजन इन सिटू उपकरणको प्रयोग गरेर अक्सिजन बनाइएको हो । अक्सिजन बनाइसकेपछि बुधवार नासाले प्रारम्भिक उत्पादन थोरै गरिएको बतायो । तर यस प्रयोगले प्राकृतिक स्रोतहरू प्रयोग गरेर अर्को ग्रहको वातावरणमा पनि मानिसले सिधै सास फेर्न सकिने प्रस्ट भएको प्रतिक्रिया नासाले दिएको छ । 

    नासाको अन्तरिक्ष प्रविधि मिसन निर्देशनालयका निर्देशक टेडी कोट्र्सले नासाको उद्देश्य सन् २०२३ सम्म मानिसहरुलाई मंगल ग्रहमा पुर्‍याउनु रहेको बताए । नासा यससँग सम्बन्धित सबै चुनौतीहरूको सामना गर्न तयारी गर्दै छ । जसमध्ये त्यहाँ अक्सिजन उत्पादन गर्नु एउटा ठूलो चुनौती थियो । 

    मोक्सी एक उपकरण हो, जुन नासाको मार्स अक्सिजनमा सिटू रिसोर्स युटिलिजेसनमा छ। यसको उद्देश्य मंगलवार त्यहाँ कार्बन डाइअक्साइड प्रयोग गरी अक्सिजन उत्पादन गर्नु हो । यस उपकरणले इलेक्ट्रोलाइसिस विधि प्रयोग गरेर कार्बनडाइअक्साइडबाट कार्बन र अक्सिजनलाई अलग गराउँछ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij