Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

क्यानडा, युएईमा भारतबाट हुने सबै उडान प्रतिबन्ध

क्यानडा, युएईमा भारतबाट हुने सबै उडान प्रतिबन्ध

  • 1.0K
    SHARES
  • क्यानडा, युएईमा भारतबाट हुने सबै उडान प्रतिबन्ध

    नयाँ दिल्ली । क्यानडाले भारतबाट जाने सबै उडान ३० दिनका लागि रोकेको छ । क्यानडाले यही प्रतिबन्ध पाकिस्तानमाथि पनि लगाएको छ । कोरोना संक्रमण अत्यधिक बढेपछि क्यानडाले उडान बन्द गर्ने निर्णय गरेको हो ।

    क्यानडाका यातायात मन्त्री उमर अलगाबराले भारत एवं पाकिस्तानसँग हुने सबै व्यवसायिक र निजी उडानमा बिहीबार राति ११ः ३० बजेदेखि यो नियम लागू हुने बताएका छन् । तर खोप, पिपिईलगायत अत्यावश्यक वस्तुको आपूर्तिमा असहज हुने भएकाले कार्गो उडानमा प्रतिबन्ध लगाइएको छैन । 

    यस्तै, युनाइटेड अरब इमिरेट्स युएईले पनि भारतबाट हुने सबै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान रद्द गरेको छ ।

    युएईको नागरिक उड्डयन प्राधिकरण (जिसिएए), राष्ट्रिय आपतकालीन संकट एवं विपत व्यवस्थापन प्राधिकरणको संयुक्त निर्णयले उडानमा रोक लगाएको हो । तर युएईमा ट्रान्जिट भएका, भारतका लागि उडान भर्नका लागि प्रतिबन्ध लगाइएको छैन । भारतबाट अन्य देश हुँदै जाने व्यक्तिहरु उडान हुने देशमै १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ । 

    जिसिएएले युएईका नागरिक, दुवै देशका कुटनीतिज्ञ, आधिकारिक प्रतिनिधिमण्डल, व्यापारी एवं गोल्डेन रेजिडेन्सवाहकलाई उडानमा छुट दिएको बताएको छ । त्यहाँ पुग्ने सबै व्यक्ति १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने, विमानस्थलमा नै पिसिआर परीक्षण गर्नुपर्ने छ । 

    यसअघि बिहीबार अष्ट्रेलियाले पनि भारतमा कोभिड–१९ संक्रमण बढेको भन्दै त्यहाँबाट हुने उडानहरू अस्थायी रूपमा कम गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री स्कट मरिसन र राज्य एवं क्षेत्रीय नेतासहितको राष्ट्रिय क्याबिनेट बैठकले भारतबाट उडानको मात्रालाई ३० प्रतिशत कम गर्ने निर्णय गरेको हो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij