Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

गरिब तथा विपन्न नागरिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर

गरिब तथा विपन्न नागरिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर

  • 394
    SHARES
  • गरिब तथा विपन्न नागरिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर

    काठमाडौं । गिरिजाप्रसाद कोइराला फाउण्डेशन बागमती प्रदेशले काठमाडौंको कपनमा निः शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

    फाउण्डेशन वाग्मती प्रदेशले शुक्रबार काठमाडौं मेडिकल कलेजको सहकार्यमा बूढानीलकण्ठ नगरपालिका-११ कपनटारमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो । 

    कार्यक्रममा फाउण्डेशन वाग्मती प्रदेशका अध्यक्ष गणेश भट्टराईले कपन क्षेत्रमा बस्ने गरिब तथा विपन्न नागरिकलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरेको जानकारी दिए ।

    उनले जीपी फाउण्डेशनले समाजका विभिन्न क्षेत्रमा काम गर्दै आएको बताउँदै नागरिकको स्वास्थ्य जाँच सेवालाई विशेष प्राथमिकता दिएको बताए ।

    उक्त स्वास्थ्य शिविरमा ९०२ लाई सेवा प्रदान गरिएको थियो । शिविरमा प्रसूति तथा स्त्रीरोग, बालरोग, छालारोग, हाडजोर्नी तथा नसा, नाक, कान, घाँटी साथै आँखा रोग र दाँतसम्बन्धी रोगको जाँच गरिएको थियो ।

    यस्तै शिविरमा भिडियो एक्सरे सेवा, प्रयोगशाला, इसिजी सेवा पनि प्रदान गरिएको फाउण्डेशन वाग्मती प्रदेशका सहसंयोजक कुमार खड्काले जानकारी दिए । आगामी दिनमा बूढानीलकण्ठका सबै वडामा यस्ता शिविर सञ्चालन गर्ने उनको भनाइ छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij