Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

एमाले नेता भन्छन्- पार्टी भीरको डिलमा पुगिसक्याे

एमाले नेता भन्छन्- पार्टी भीरको डिलमा पुगिसक्याे

  • 1.4K
    SHARES
  • एमाले नेता भन्छन्- पार्टी भीरको डिलमा पुगिसक्याे

    काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टी भीरको डिलमा पुगिसके पनि अझै बचाउने समय भएको भन्दै शीर्ष नेताहरूलाई एकता प्रयासमा लाग्न आग्रह गरेका छन् ।

    प्रधामन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच होटल मेरिएटमा भएको वार्ता निष्कर्षविहीन भएको भोलिपल्ट शुक्रबार बिहान नेपालपक्षीय नेता रिजालले विश्वका कम्युनिस्ट पार्टीका उदाहरण दिँदै नेताहरूलाई सम्झाएका हुन् ।

    ‘संसारका कुनै पनि कम्युनिस्ट पार्टी अन्तर्विरोधमुक्त छैनन् । रुस र चीनजस्ता विशाल मुलुकलाई मुक्त गर्ने कम्युनिस्ट पार्टीहरू पनि अन्तर्विरोधहरूबाटै गुज्रेर र तिनलाई समाधान गरेर आएका थिए,’ नेता रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सन् १९०० को आरम्भतिर पार्टीमा उत्पन्न अन्तर्विरोध समाधानमा केन्द्रित रहेर लेनिनले अघि सारेको ‘एक कदम अगाडि, दुई कदम पछाडि’ one step forward: two step back को प्रस्थापना आजको नेकपा एमालेको आन्तरिक जीवनमा उत्तिकै अपरिहार्य र सान्दर्भिक बनेको छ ।’

    अगाडि लेखेका छन्, ‘समाज, विज्ञान वा भौतिक वस्तुहरूमा प्रकट हुने अन्तर्विरोधहरू संघर्षको माध्यमबाट समाधान हुने भए पनि पार्टीभित्रका अन्तर्विरोधमा ‘निषेधको निषेध’ negation of negation को नियम लागू हुँदैन र यसको समाधान आलोचना-आत्मालोचनाको पद्धतिबाट हुन्छ भन्ने बाटो मार्क्सवाद-लेनिनवादले स्पष्ट पारेको छ । अतः भीरको डिलमा पुगिसके पनि लडिसकेका छैनौं । समय छ, फर्कौं !’ 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij