वेबटिभी खबर
एजेन्सी । चिनियाँ सहर सांघाईका हजारौं वृद्धवृद्धाहरू पाँच हप्तादेखि जारी लकडाउनले नराम्ररी प्रभावित भएका छन् । मार्चको सुरूमा महामारी फैलिएपछि ५ लाखभन्दा बढीमा काेराेना पोजेटिभ देखिएको छ । उनीहरूमध्ये करिब १० हजार जना ८० वर्षभन्दा माथिका वृद्धवृद्धा छन् ।
संक्रमित वा नजिकको सम्पर्कमा भएका व्यक्तिहरू राज्यद्वारा सञ्चालित क्वारेन्टिन केन्द्रमा बस्नुपर्ने बाध्यता छ । त्यस्ता केन्द्रहरूमा सयौँ मानिसहरू एकै ठाउँमा राखिने गरिएको छ । सामाजिक सञ्जालमा शेयर गरिएका तस्बीरमा अव्यवस्थित अवस्थाहरू देख्न सकिन्छ ।
आफ्नी ९० वर्षीया हजुरआमा बसेको एउटा क्वारेन्टिन केन्द्र अस्तव्यस्त रहेको सांघाइकी एक युवतीले बीबीसीलाई बताइन् । हजुरआमा राम्ररी सुत्न नसकेको त्यहाँ राम्रोसँग स्याहार नगरिएको उनको गुनासो छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij