वेबटिभी खबर
एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन अझै पनि रूससँग शान्ति वार्ताका लागि तयार रहेको बताएका छन् । रूसले पूर्वी युक्रेनमा हमला तीब्र पारिरहेका बेला जेलेन्स्कीको पछिल्लो धारणा सार्वजनिक भएको हो ।
रूसमा एउटै व्यक्तिले हरेक निर्णय गर्ने भएकोले आफूले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न चाहेको उनले बताए । तर, रूसी हमलाबीच वार्ता हराउने उच्च जोखिम देखिएको उनले बताए ।
यसैबीच अमेरिकी रक्षा मन्त्रालयले रूसी राष्ट्रपति पुटिनले युक्रेनमा गरेको आक्रमणमा ‘भ्रष्टतापूर्ण’ काम गरेको आरोप लगाएको छ । रक्षा मन्त्रालयले प्रवक्ता जोन किरबाइले पुटिनले अत्याचार गरेकोसमेत बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij