Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

छुट्टाछुट्टै घटनामा तीनजनाको मृत्यु

छुट्टाछुट्टै घटनामा तीनजनाको मृत्यु

  • 460
    SHARES
  • छुट्टाछुट्टै घटनामा तीनजनाको मृत्यु

    कैलाली । कैलालीमा माछा मार्ने क्रममा दुई जनाको मृत्यु भएको छ ।

    माछा मार्न कर्णाली नदी किनारमा पुगेर एक्कासी बेहोस भएका टीकापुर नगरपालिका-१ शिवनगरका ५९ वर्षीय शोभराम थारुको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले बताएका छन् ।

    यसैगरी जिल्लाको घोडाघोडी नगरपालिका-४, रामशिखरझालाका २२ वर्षीय नरेश बुढाको नजिकैको बेत्नी खोलामा बिजुलीद्वारा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।

    करेन्टबाट घाइते भएका बुढाको उपचारका क्रममा सुख्खड अस्पतालमा गएराति मृत्यु भएको हो । मृतक बुढासँगै माछा मार्न गएका कैलाश ठगुन्ना, अनिल चौधरी र ललित बुढालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जोशीले बताए ।

    जिल्लाको गोदावरी नगरपालिका-४ बन्देगडा गाउँका ४० वर्षीय वीरबहादुर रोकामगरलाई प्रहरीले नजिकैको राजीताल सामुदायिक वनको गैराखोलामा शुक्रबार मृत अवस्थामा फेलापारेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij