Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

जसपा गठनको एक वर्ष: खुसीसँगै पार्टी फुट्ने भय 

जसपा गठनको एक वर्ष: खुसीसँगै पार्टी फुट्ने भय 

  • 1.5K
    SHARES
  • जसपा गठनको एक वर्ष: खुसीसँगै पार्टी फुट्ने भय 

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल आज (१० वैशाख) एक वर्ष पुगेको छ । तत्कालीन राजपा र समाजवादी पार्टीबीच एकीकरण भएर जसपा बनेको हो । जसपा पार्टी निर्माण हुनुअघि डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकीकरण भएको थियो । 

    images

    जसपा एकताको वर्षदिन पुगेको अवसरमा पार्टीका नेता तथा कार्यकर्ताले शुभकामना व्यक्त गरेका छन् । पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले पार्टी एकता बखतको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राख्दै शुभकामना व्यक्त गरे । 

    ‘जनता समाजवादी पार्टी, स्थापना भएको एक वर्ष पूरा भएको उपलक्ष्यमा सबैमा हार्दिक बधाई तथा शुभकामना,’ डा.भट्टराईले फेसबुकमा उल्लेख गरेका छन् ।

    हिमाल-पहाड-तराई-मधेस जोड्ने अग्रगामी वैकल्पिक शक्तिको रूपमा स्थापित जसपालाई सबैखाले अवसरवाद र देशी-विदेशी षड्यन्त्रबाट बचाउँदै देशको नेतृत्वदायी स्थानमा पुर्याउनुपर्ने डा.भट्टराईले बताएका छन् । 

    उनले पार्टीको मूल आदर्श समावेशी लोकतन्त्र, संघीयता, सुशासन, समतामूलक समृद्धि र समुन्नत समाजवादलाई कहिल्यै पनि नबिर्सन सबै नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

    पार्टी स्थापनाको वर्षदिन पुग्दा जसपाले कहिले सरकारलाई साथ दियो त कहिले प्रतिपक्षमै बसेर सरकारका गलत कामकाविरुद्ध उभियो । मुलुकको राजनीतिक घटनाक्रमसँगै जसपाले प्रतिनिधिसभा विघटनपछि पार्टीमा स्पष्ट दुई धार देखिएको छ ।

    केपी ओली नेतृत्वको वर्तमान सरकारलाई जसपाले ‘प्रतिगामी’ भने पनि जसपाकै पूर्वराजपा पक्षधर सरकारमा जान तम्तयार छन् । प्रधानमन्त्री ओलीको कडा आलोचना गर्दै आएको पूर्वसमाजवादी भने सरकारमा जान नहुने अडानमा छ । 

    सरकारमा जानेबारे दुई धार

    पार्टी एकीकरण भएको १ वर्ष पुगेको अवसरमा जसपा नेताहरु केपी ओली नेतृत्वको सरकारमा जानेबारे धुईधारमा विभाजित भएका छन् । पूर्वराजपा महन्थ ठाकुर र राजेन्द्र महतो सरकारमा सहभागी हुने पक्षमा छन् भने डा.बाबुराम भट्टराई र उपेन्द्र यादव सरकारमा सहभागी नहुने पक्षमा देखिएका छन् । सरकारमा सहभागी हुनेबारे जसपामा आन्तरिक विवाद चुलिए पनि बाहिर भने दुवै पक्षका नेताहरु यसबारेमा छलफल भइरहेको बताउँदै आएका छन् । 

    बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले जसपाले राख्दै आएको प्रमुख मागमध्ये आन्दाेलनका क्रममा जसपाका नेता तथा कार्यकर्तामाथि लागेकाे मुद्दा फिर्ता लिने निर्णय गरेकाे छ । जसपाका सांसदसमेत रहेका रेशम चौधरीसहित देशका विभिन्न कारागारमा रहेका कैदीबन्दी रिहा गर्न सरकार सकारात्मक बनेसँगै जसपा सरकारमा जाने लगभग पक्का भएको छ ।

    ‘कैदीबन्दीको रिहाइ गर्ने जिम्मेवारी सरकारको हो,’ जसपाका शीर्ष नेता राजकिशोर यादव भन्छन्, ‘जसपा सरकारमा जाने लगभग निश्चित भएको छ । यसबारे पार्टीका सबै साथीहरुसँग छलफल भइरहेको छ ।’ तर भट्टराई र अध्यक्ष यादव भने कुनै पनि हालतमा अहिलेको अवस्थामा ओली नेतृत्वको सरकारमा जान नहुने अडानमा छन् । यसले दुई पक्षका नेताहरुको फरक अडानले जसपा फुट्न सक्ने सम्भावना पनि त्यत्तिकै छ ।

    ‘ओली सरकारकै विरुद्धमा हामी तीनवर्षदेखि संघर्ष गर्दै आएका छौं । अहिले आएर यही सरकारमा हामी सहभागी हुने कुरा सैद्धान्तिक रूपमा मिल्दैन,’ जसपाका केन्द्रीय कार्यकारणी समितिका सदस्य डम्बर खतिवडाले वेवटिभी खबरसँग भने, ‘ओलीको पुस पाँचको कदमलाई पनि हाम्रो पार्टीले प्रतिगामी भनेको छ । यति, ओम्नी र सेक्युरिटी प्रेसलगायत धेरै काण्डमा यो सरकार मुछिएको छ । यस्तो भ्रष्टाचारी सरकारसँग हामी सरकारमा जान चाहदैनौं ।’

    उनले सरकारमा जान चाहने जसपा नेताले ओली सरकारका गलत कदम सही छ भनेर पुष्टि गर्न उनले चुनौतीसमेत दिए । ‘सरकारमा जान चाहने नेताहरूको संख्या थोरै छ । उहाँहरू यदि सरकारमा जानु भयो भने जसपा एकता संकटमा पर्ने निश्चित छ,’ खतिवडाले भने ।

    जसपा फुटको संघारमा छः विश्लेषक 

    जसपाको एकीकरण नै सिद्धान्तका आधारमा नभई व्यवहारिक आवश्यकताले भएको राजनीतिक विश्लेषक काशिन्द्रप्रसाद यादव बताउँछन् । नेपालमा अन्य पार्टीहरूले पनि सिद्धान्तभन्दा आवश्यकतालाई हेरेर एकीकरण गर्ने अभ्यास जसपामा देखिएको उनले बताए ।

    ‘राजपा र संघीय समाजवादीको एजेण्डा एउटै होला तर यिनीहरूको राजनीतिक पृष्ठभूमि फरक छ । जसपाले वहुलवादको कुरा गथ्र्यो भने डा. भट्टराई र अशोक राईको पृष्ठभूमि कम्युनिस्ट छ,’ विश्लेषक यादवले भने, ‘महन्थ ठाकुरपक्षका नेताले भट्टराई र यादवलाई गाली गर्ने, उनीहरूको नेता, कार्यकर्ताले ठाकुरलाई गाली गर्ने यस्तो परिपाटीले पार्टी एक भइरहन सक्दैन ।’

    पछिल्लो समय जसपाले सरकारमा जानेबारे पार्टीका नेताहरूबीच नै फरक अडान र दृष्टिकोण रहेकाले जसपा फुटको संघारमा पुगेको विश्लेषक यादवले टिप्पणी गरे । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology