Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

सर्लाहीको जंगलमा हत्या गरिएको अवस्थामा युवकको शव फेला

सर्लाहीको जंगलमा हत्या गरिएको अवस्थामा युवकको शव फेला

  • 580
    SHARES
  • सर्लाहीको जंगलमा हत्या गरिएको अवस्थामा युवकको शव फेला

    सर्लाही । सर्लाहीमा शनिबार धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ । 

    हरिपुर नगरपालिका–१, स्थित मुक्तेश्वर सामुदायिक वन क्षेत्रभित्र पर्ने बागमती सिँचाईको नहरमा रौतहटको गुजरा नगरपालिका-५ बस्ने अन्दाजी ३१ वर्षीय विष्णुसिंह घिसिङको हत्या भएको हो ।

    सर्लाही प्रहरीका प्रवक्ता डीएसपी माधव प्रसाद बुढथोकीका अनुसार युवकको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको हो । 

    मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ । घिसिङ रौतहटबाट मूर्तियास्थित आफन्तको घरमा आएको भन्ने खुलेपनि विस्तृत विवरण खुल्न बाँकी रहेको प्रहरीले बताएको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij