Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

निर्वाचनबारे टिकटक बनाएर ५० लाख 'भ्युज' पुर्‍याउनेलाई ५० हजार पुरस्कार !

निर्वाचनबारे टिकटक बनाएर ५० लाख 'भ्युज' पुर्‍याउनेलाई ५० हजार पुरस्कार !

  • 521
    SHARES
  • निर्वाचनबारे टिकटक बनाएर ५० लाख 'भ्युज' पुर्‍याउनेलाई ५० हजार पुरस्कार !

    काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको सन्देशमूलक भिडियोलाई टिकटक बनाएर ५० लाख  ‘भ्युज’ पुर्‍याउनेलाई ५० हजार पुरस्कार दिने भएको छ । 

    ३० लाख भ्युज पुर्‍याउनेलाई ३० हजार र २० लाख भ्युज पुर्‍याउनेलाई २० हजार रूपैयाँ पुरस्कार दिने पनि आयोगले जनाएको छ ।

    टिकटक भने आयोगले नै बनाएको निर्वाचनसम्बन्धी सन्देशमूलक भिडियोकै स्वरूपमा बनाउनु पर्नेछ ।

    आयोगका अनुसार टिकटक बनाएपछि २९ वैशाखभित्र फेसबुक, युटयुब, टिकटकलगायत सामाजिक सञ्जालहरूमा पोष्ट गर्ने र सेयर गर्नुपर्नेछ । 

    यसअघि एमालेलगायत केही राजनीतिक दलहरूले पनि पार्टीको निर्वाचन प्रचारसम्बन्धी उत्कृष्ट टिकटक बनाउनेलाई पुरस्कृत गर्ने जनाएको थियो । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij