Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

इटालियन सिरी ए : एसि मिलान, इन्टर मिलान र युभेन्ट्सको जित

इटालियन सिरी ए : एसि मिलान, इन्टर मिलान र युभेन्ट्सको जित

  • 482
    SHARES
  • इटालियन सिरी ए : एसि मिलान, इन्टर मिलान र युभेन्ट्सको जित

    काठमाडौं । इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा इन्टर मिलान, एसि मिलान र युभेन्ट्सले जित निकालेका छन् ।

    उपाधी दौडमा रहेको इन्टरले उडिनेसलाई २-१ अन्तरले हरायो । इन्टरको जितमा इभान पेरिसिक र लाउटारो मार्टिनेजले एक एक गोल गरे । उडिनेसका लागि पुसेटोले एक गोल गरे । अर्को खेलमा एसी मिलानले फियोरेन्टिनालाई १-० अन्तरले हरायो ।

    मिलानको जितमा राफायल लिओले खेल सकिन आठ मिनेट अघि निर्णायक गोल गरे । यस्तै अर्को खेलमा युभेन्ट्सले भेनेजियालाई २-१ गोल अन्तरले हरायो । युभेन्ट्सको जितमा लियोनार्दो बोनुचीले दुई गोल गरे ।

    भेनेजियाको लागि माटिया अरामुले एक गोल गरे ।

    खेलसंगै सिरी एको उपाधी होड थप प्रतिस्पर्धात्मक बनेको छ । समान ३५ खेल खेलेको एसि मिलान ७७ अंकसहित पहिलो, ७५ अंकको इन्टर मिलान दोस्रो र ७० अंकको नापोली तेस्रो स्थानमा छ । ६९ अंकको युभेन्ट्स चौथो स्थानमा छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij