वेबटिभी खबर
काठमाडौं । पुननिर्मित धरहराको शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।
२०७२ सालको भुकम्पले ढालेको धरहराको नवनिर्मित २२ तले भवनको भव्य कार्यक्रमबीच ओलीले उद्घाटन गरेका हुन् । भुकम्पले ढालेको धरहरा नौ तले मात्र थियो । पुरानै स्वरुपमा अहिले २२ तले धरहरा बनाइएको हो ।
धरहरा उद्घाटन भए पनि सर्वसाधारणको लागि भने केही पछि खुला हुनेछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij