वेबटिभी खबर
डोटी । शुक्रबार दिउँसोदेखि आएको हावाहुरीका कारण डोटीमा विद्युत् सेवा अवरूद्व भएको छ ।
बुडर इलाका प्रहरी कार्यालयका अनुसार शुक्रबार दिउँसो आएको हावाहुरी तथा वर्षात्का कारण डोटी र डडेल्धुराको सीमा क्षेत्र हगुल्टेमा विद्युत् खम्बा ढलेका कारण बुडर, गैरा, गोगनपानी, खडिना, रुपसकाडा, गोल्डेललगायतका क्षेत्रमा विद्युत् सेवा अवरूद्व भएको हो ।
अवरूद्व भएको विद्युत् सेवा सञ्चालनका लागि बुडर तथा स्यालेबाट विद्युतका कर्मचारी आज बिहानैदेखि खटिए पनि सेवा सञ्चालन गर्न नसकिएको बुडरस्थित विद्युत् सवस्टेसनले जनाएको छ ।
विद्युत् सेवा अवरूद्व हुँदा बुडरमा रहेको रेडियो घण्टेश्वर एफएम बन्द भएको र ती क्षेत्रमा सञ्चार सम्पर्क पनि बन्द भएको स्थानीयवासी भक्तबहादुर लामाले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij